झुण्डिएको अवस्थामा हेटौंडाका बलामीको शव फेला
फागुन १९, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।
रुखमा पासो लगाएको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उक्त शव सोही स्थानका अन्दाजी ५० वर्षीय रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बलामीको शब आफ्नै घरबाट ५० मिटर पूर्वमा बकाइनोको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
हाल घटनाको मुचुल्का उठाउने काम र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। शवलाई पोष्टमार्टमको लागि हेटौंडा हस्पिटल ल्याउने कार्य हुन लागेको प्रहरीले जानकारी दिएको छ ।
























