दुव्र्यवहारको अभियोगमा हेटौंडाको रिद्धिसिद्धी सिमेन्टका मल्ल पक्राउ

हेटौंडा, फागुन १९ – उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उद्योगमै कार्यरत महिला कर्मचारीलाई हातपात र दुव्र्यवहार गरेको भन्दै भन्दै पीडितले उजुरी दिएपछि मल्ललाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको पूर्व एसएसपीसमेत रहेका मल्ललाई प्रहरीले सोमबार पक्राउ गरेर मंगलबार जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पीडित पक्षले उद्योगमा आन्दोलन गरेर उद्योग बन्द गरेपछि घटना बाहिरिएको हो । उद्योगमै कार्यरत महिला कर्मचारी माथि हातपात गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीयले हेटौंडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*