काठमाडौंमा विहानैदेखि सरकार र विप्लव समूहबीच  वार्ता

फागुन १९, काठमाडौं– सरकार तथा प्रतिबन्धित विप्लव समूहबीच काठमाडौंमा वार्ता भइरहेको जानकारी प्राप्त भएको छ ।

मंगलबार पहिलो चरणमा अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज विहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा निरन्तर औपचारिक वार्तामा बसिरहेको बताइन्छ। मंगलबार वार्ता टोली सार्वजनिक गरेका दुवै पक्षबीच बिहानैदेखि अनौपचारिक छलफल पश्चात् वार्ता सुरु भएको हो ।

वार्तामा विप्लव समूहका मागमा छलफल भइरहेको छ । विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनु पर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ । सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो । भूमिगत रहेको विप्लव समूहका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको थियो ।

सिके राउतसँग जस्तै विप्लव समूहसँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*