विदेशबाट फर्किएकालाई स्वरोजगार वनाउन स्थानीय सरकारले सहयोग गर्ने
फागुन १९,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार वनाउनका लागि स्थानीय सरकारले सहयोग गर्ने वताउनु भएको छ ।
एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरको आयोजनामा सुरक्षित आप्रवासन परियोजनाको वार्षिक समिक्षा गोष्ठीको हेटौंडामा उद्घाटन् गर्दै उहाँले बिदेशमा गएर कठिन श्रम गर्नु भन्दा स्वदेशमानै मेहनत गरेर काम गर्नका लागि आग्रह गर्नुभयो ।
बिदेश जान खोज्ने र फर्किएका युवाहरुलाई स्वरोजगार वनाउनका लागि उपमहानगरापलिकाले स्वरोजगार वन्ने धेरै खालका कार्यक्रम ल्याएको मेयर महतले वताउनुभयो । कोही पनि बिना सिप बिदेश गएमा उसलाई समस्या पर्ने भएकाले सिप सिकेर मात्र बैदेखिक रोजगारीमा जानुपर्ने वताउनुभयो ।
























