बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन १९, हेटौंडा । पूर्वी मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

मदन भण्डारी लोक मार्गको बकैया गाउँपालिका वडा नंबर ५ को तीनतलेमा ना ६ त ४५३५ नंबरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा १७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको उक्त ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक हेटौंडा–१८ का सुनिल माझि र बकैया–७ का ५८ वर्षीय योगेन्द्र माझि घाईते भएको प्रहरीले जनाएको छ ।

उनिहरुको हेटौंडामा उपचार भईरहेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*