आज प्रधानमन्त्री ओली सिन्धुली जाँदै
फागुन २०, काठमाडौं । प्रधानमन्त्री केपी ओली सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्न आज सिन्धुली जाने भएका छन् ।ओली सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास गर्न सिन्धुली जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलपनि सिन्धुली जानेछन् ।
प्रधानमन्त्री सहितको टोली बिहान साढे १० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उर्जामन्त्री रायमाझीको सचिवालयले जनाएको छ ।
























