सरकार र विप्लवबीच सहमति, प्रतिबन्ध हट्यो

हेटौंडा , फागुन २० – सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित् नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।

बिहीबार बिहान भएको दोस्रो चरणको वार्तामा सहमति जुटेको हो । सहमति अनुसार सरकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलाप गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने

नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति सरकार र विप्लव पक्षबीच भएको छ ।

फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमति पनि भएको छ । उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ।

सहमतिको हस्ताक्षरमा विप्लवका तर्फबाट दुवै पक्षका वार्ता टोलीका प्रमुख प्रकाण्ड र सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*