आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

फागुन २०, काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन्। उनले आज दिउँसो ३ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको हो।

सरकारको नेतृत्वका लागि काँग्रेसलाई अफर आएपछि देउवाले बैठक डाकेका हुन्। पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ। देउवाले बुधवार चितवन पुगेर प्रधानमन्त्री पाए सरकारमा जाने संकेत गरेका थिए। ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन। काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ उनले भनेका थिए।

त्यसै गरी उनले कांग्रेसभित्रै सरकारमा सहभागी हुन नहुने भन्ने राय रहेको सन्दर्भमा उनले भने, शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्नुस्, प्रधानमन्त्रीका लागि मरिमेट्ने पनि गरिन्नँ, अथवा अवसर आएको खण्डमा भाग्ने कुरा पनि हुँदैन। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसपछि नेकपाको प्रचण्ड माधव पक्ष सडकमा छ।

सत्ताको विपक्षमा उभिएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले देउवासँग पटकपटक सत्तामा सहकार्यका लागि प्रस्ताव गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*