मकवानपुरका संजिब बने सञ्जिवनी

फागुन २०, हेटौँडा । थाईल्याण्ड गएर लिङ्ग परिवर्तन गरेर आएपछि मकवानपुरका तेस्रोलिङ्गी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छिन्।  १४ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले महिलाका नाममा नागरिकता लिएकी हुन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ की ३१ वर्षीया लोप्चनले १४ वर्षअगाडी सजीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिला (सञ्जीवनी)  को नाममा नागरिकता लिएको सूचना अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

आफू पुरुष भए पनि महिलासरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेकाले नागरिकता परिवर्तन गरेको उनको भनाइ छ । गर्तौलाले नेपालको कानुनअनुसार लोप्चनको नागरिकता परिवर्तन गरेको बताए ।

लोप्चनले थाइल्याडबाट लिङ्ग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको गर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*