प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी

फागुन २०, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरी नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यमा तीन दल जुटेका छन्।

पुस ५ मा प्रचण्ड–माधव पक्षले ल्याएको अविश्वासको प्रस्तावलाई परिमार्जन गरी देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न लागिएको हो। प्रचण्ड–माधव नेकपा,कांग्रेस र जनता समाजवादीको तर्फबाट संयुक्त प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ।

प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देउवालाई प्रधानमन्त्री बनाउने गरी नयाँ अविश्वासको प्रस्ताव संयुक्त रुपमा दर्ता हुने संकेत गरे। नेता पौडेलले भने, ‘अन्तिम निर्णय त भइसकेको छैन। कांग्रेस सभापतिलाई प्रधानमन्त्री प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना बढी छ।’

प्रचण्ड-माधव पक्षले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मञ्जुर भएसँगै पार्टीको आन्तरिक छलफलमा देउवा जुटेका छन्। पार्टीका शीर्ष नेताबीच छलफल गर्न पदाधिकारी बैठक देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका छन्। कांग्रेसले सरकारको नेतृत्व प्राप्त गरे सत्तामा जाने देउवाले यसअघि बताइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*