सुमो दुर्घटनामा घाईते भएका हेटौंडाका लामाको मृत्यु

फागुन २१, हेटौंडा । गएको फागुन ११ गते (मंगलबार) बिहान हेटौंडाको चौकीटोलमा भएको सुमो दुर्घटनामा घाईते भएका ६३ वर्षीय छोइगु लामाको उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

मंगलबार बिहान हेटौंडाबाट भैसैतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो । सुमो दुर्घटनामा ११ जना घाईते भएका थिए ।

सोहि दुर्घटनामा मनहरी गाउँपालिका वडा नंबर १ का ६३ वर्षीय लामा पनि घाईते भएका थिए । उनको गएराति १ बजेको समयमा उपचारको क्रममा हेटौंडाको सन्चो अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता अमर प्रसाद गजमेरका अनुसार फागुन ११ गते मंगलबार दुर्घटनामा परी घाइते भएका लामालाई उपचारपश्चात घर लगिएको थियो ।

तर,बिहिबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई सन्चो अस्पतालमा ल्याएको र उपचारको क्रममा गएराति मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका अन्य १० जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*