दुव्र्यवहारको अभियोग पक्राउ परेका रिद्धिसिद्धिका महाप्रबन्धक मल्ल रिहा
फागुन २१, हेटौंडा । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौंडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ल रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशमा मल्ल तीन हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेको अभियोगमा मल्ललाई सोमबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल प्रहरीको पूर्व एसएसपीसमेत रहेका मल्ललाई प्रहरीले पक्राउ गरेर मंगलबार जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरि अनुसन्धान थालेको थियो तर सिडियो रिजालको आदेशपछि मल्ल बिहिबार रिहा भएका छन् ।
























