नेकपा नाम कसको भन्ने विवादको फैसला आज

फागुन २३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल कसको भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको थियो। तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले आज उक्त विवादको निर्णय सुनाउने भएको हो।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिट दर्ता गरेका थिए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेल अदालत गएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*