प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाए

फागुन २३, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। पत्नी राधिका शाक्यसहित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्रीले खोप लगाएका हुन्।

प्रधानमन्त्रीले खोप लगाएसँगै आजदेखि दोस्रो चरणअन्तर्गतको खोप अभियान औपचारिकरूपमा सुरु भएको छ। प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि खोप लगाएका छन्।

यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले बलम्बुस्थित एपीएफ अस्पतालमा गएर खोप लगाएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*