प्रतिनिधिसभा बैठकमा आजै केही अध्यादेश टेबल हुने

हेटौंडा, फागुन २३ – अपरान्ह ४ बजे बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभा बैठकको कार्यसूचीअनुसार आजै केही अध्यादेश टेबल हुने भएको छ ।

पछिल्लो पटक प्रतिनिधिसभाको बैठक अन्त्य गरेपछिको अवधिमा सरकारले जारी गरेका विभिन्न अध्यादेशलाई टेबल गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । यसबीच जारी गरिएका एसिड आक्रमण र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेशलगायत आधा दर्जनको संख्यामा रहेका अध्यादेशहरू आजको बैठकमा पेश हुनेछन् ।

संसदीय प्रावधानअनुसार प्रतिनिधिसभाको अधिवेशन नरहेको अवस्थामा ल्याइएका अध्यादेशहरू त्यसपछि बस्ने बैठकको पहिलो दिनमा पेश गर्नुपर्छ । त्यसैगरी,यसबीच संसदलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू पनि वाचन गर्ने कार्यक्रम रहेको बताइन्छ ।

यसबीचमा निधन भएका प्रतिनिधिसभाका बहालरत तथा पूर्व सभासदहरूको सम्झनामा शोक प्रस्तावसमेत आजैको बैठकले पारित गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*