प्रचण्ड–माधव सहितका नेता पुगे महासचिव गौतमको कार्यकक्षमा
फागुन २३, हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) पक्षका सांसदहरू संघीय संसद्का महासचिव डा. भरत गौतमको कार्यकक्षमा पुगेका छन् ।
पार्टी संसदीय दलको शुक्रवार बसेको बैठकका निर्णयबारे जानकारी गराउन प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा सांसदहरू भीम रावल, राम कार्की, रामकुमारी झाँक्रीलगायत निर्वाचन आयोग पुगेका हुन् । दलका जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।
नेकपा दलको नेता परिवर्तनबारे जानकारी गराउन महासचिवको कार्यकक्षमा पुगेको एक सांसदले लोकान्तरलाई जानकारी दिए ।
























