मकवानपुरमा हराएको मोबाइल फेला पारी मोबाइल धनिलाई बुझायो
फागुन हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरमा विभिन्न समयमा हराएको २२ थान मोबाइल फेला पारी बुझाएको छ ।
मोबाइल हराएको भनी निवेदन दिएको आधारमा खोजतलास गर्दा विभिन्न समयमा २२ थान मोबाईल फेला पारी प्रहरीले सोमबार सम्बन्धित धनिलाई बुझाएको हो ।
१२ हजार रुपैंयादेखि ५५ हजार रुपैंयासम्मका अन्दाजी ४ लाख ४० हजार रुपैंया बराबरको मोबाइल प्रहरीले खोजतलास गरी फेला पारेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























