भीमफेदीमा पचास जनाले लगाए कोभिड विरुद्ध खोप
भीमफेदी,फागुन २३ – भीमफेदी गाउँपालिकाको वडा नम्बर २ भैसे स्वास्थ्य चौकीमा ६५ बर्ष माथिका आज दोस्रो प्राथमिकतामा परेका जेष्ठ नागरिकमा ४० बर्ष माथिका दीर्घरोगी र पहिलो चरणमा छुटेका सुरक्षाकर्मी, स्वास्थ्य कर्मी गरि ५० जनाले (२२महिला र २८ पुरुष ) कोभिड १९ विरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ।
खोप प्रदानका क्रममा ९२ बर्षका वृद्वले पनि सेवा लिनु भयो। खोप कार्यक्रममा वडा खोप समन्वय समितिका संयोजक काशी राम , स्वास्थ्य संयोजक राम नाम थिङ, स्वास्थ्य व्यबस्थापन समितिका उपाध्यक्ष हरि लामाको उपस्थित रहेको थियो। डाक्टर सुनिल थापाको प्रत्येक्ष निगरानीमा स्वास्थ्य कर्मी र स्वयंसेवकहरुको सहयोगमा कोबिद विरुद्ध खोपको पहिलो दिन सम्पन्न भएको छ।
गाउँपालिकाले खोप तालिका सार्वजनिक यस अघि नै प्रकाशित गरिसकेको छ।























