नारी दिवसमा नारीहरु कोरोना बिरुद्ध खोपमा व्यस्त
भीमफेदी, फागुन २४ – आज अन्तर्राष्ट्रिय नारी दिवस सबै नारीहरु दिवसमा रहेता पनि नेपाल सरकार स्वास्थ्य क्षेत्रका स्वास्थ्य प्राविधिक नारीहरु भने कोरोना विरुद्ध खोपमा व्यस्त रहे।
यसै गरी भीमफेदी गाउँपालिकाको स्वास्थ्य प्राविधिक बाट आज निवुवाटार वडा नं ३ र वडा नं ४ मा पैसठ्ठी बर्ष माथिका लागी भनेर सिमा निर्धारण गरिएको भएता पनी पैंतालिस बर्ष माथिका देखि ले नै खोप लगाएको जानकारी प्राप्त भएको छ।
आजै भीमफेदी गाउँपालिका वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर पाण्डे लाई प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदिका मेडिकल अधिकृत डा. प्रबिन पाठकको प्रत्यक्ष निगरानीमा कोबिद बिरुद्ध खोप लगाई अभियान को दोश्रो दिन आरम्भ गरिएको छ।
























