आज बस्ने भनिएको नेकपा एमाले सचिवालय बैठक स्थगित

फागुन २५, काठमाडौं । आज मंगलवार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

प्रचण्डको पक्षमा रहेका माधव नेपाल‚ झलनाथ खनाललगायतका नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै आजका लागि बैठक आह्वान गरिएको थियो ।

तर सोमवार उनीहरूले पनि अदालतको फैसलाबमोजिम एमालेमै फर्किने निर्णय गरेपछि थप तयारी गर्नुपर्ने भन्दै आजको बैठक स्थगित गरिएको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालयमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*