नारी दिवसमा हेटौँडामा एमनेष्टीको अन्तरक्रिया

मकवानपुर, २५ फागुन । १ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एमनेष्टी ईन्टरनेशनल नेपाल समूह–६७ हेटौँडाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ सोमबार देशभर मनाईको नारी दिवसको अवसरमा एमनेष्टीले हेटौँडा १० गोरक्षश्वर धाम परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

समूह–६७ हेटौँडाका संयोजक उत्तम शर्मा ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका सदस्य जीवनकाजी मकाजु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर शंकर उपाध्याय, प्राध्यापक जगन्नाथ सापकोटा, नारायणी कलेजका प्रमुख रघुनाथ खराल, अधिवक्ता ललिता श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम एमनेष्टी समूह–६७ का सचिव प्रल्हाद घिमिरेले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*