एमालेका नेता पन्त विरुद्ध कोमल वलीले दायर गरिन् मुद्दा

फागुन २५, काठमाडौंः आफूविरुद्ध मानहानीजन्य अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन्।

नेकपा एमालेका नेता पन्तले गत फागुन १५ मा सार्वजनिक कार्यक्रममा वलीविरुद्ध एक अभिव्यक्ति दिएका थिएर

वलीले सो अभिव्यक्ति अशोभनीय भएको भन्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूमाथि मानहानी भएको र अन्याय परेको भन्दै उनले मुद्दा दायर गरेकी हुन्।

यसअघि नै रघुजी पन्तले आफ्नो अभिव्यक्तीले कसैलाई चोट पुर्‍याउन नचाहेको भन्दै माफीसमेत मागिसकेका छन्। पन्तले माफी मागे पनि वलीले अदालतमा मुद्दा दायर गरेकी हुन्।

यस्तो अभिव्यक्ति दिएका थिए पन्तलेः

‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन्। तर तिनले टिकट पनि पाएनन्। कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*