हेटौंडाको चुरीयामाइ सुरुङमा डिल्लीजंग थापाको सालिक

फागुन २५, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरीयामाइमा रहेको दक्षिण एसीयाकै पहिलो सुरुङका निर्माणकर्ता डिल्लीजंग थापाको शालिकको अनावरण गरिएको छ ।

उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल थापाको अर्धकदको सालिक हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले अनावरण गरेका हुन् ।

चुरियामाई मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको थापाको मुर्ति उद्घाट्न कार्यक्रममा मेयर महतले उपमहानगरपालिका सधै साथमा रहेको र परेको हरेक सहयोग खुलेर गर्ने बताए ।

उनले सुरुङलाई व्यवस्थित गर्न बजेटको पनि व्यवस्थनपन गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*