नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठ र सचिब थापाको पार्टी कार्यालयमा पदस्थापन

फागुन २५, हेटौंडा – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा ऋषिराम कट्टलको अध्यक्ष रहेको पार्टी भन्दै फैसला गरेपछि नेपाली राजनिती तातेको अवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डबिच आरोप प्रत्यारोपबाट तातिन सुरु भएको अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि झन तातेको हो । नेकपाको राजनिति केन्द्रमा जस्तो माहोल त्योभन्दा कम छैन, बागमती प्रदेशको राजधानी हेटौंडामा । हिजो दिउँसो सर्वोच्चले नेकपा एमाले ब्युँताएपछि हालको नेकपा पार्टी कार्यालयको प्राङ्गण, हेटौंडाको बुद्धचोक लगायतका स्थानमा दीप प्रज्ज्वलन गरेको थियो ।

दीप प्रज्ज्वलन गर्दै ‘मै पनि एमाले, सै पनि एमोले,’ केपि ओली जिन्दावाद १, केपि ओली हाईहाई, अरु सबै बाईबाई जस्ता नारा लगाउँदै लड्डु खाएर खुशी साटासाट गरेका थिए । लड्डु खाएर खुशी साटासाट गरेको २४ घण्टा नबित्दा नेकपा एमालेका नेता–कार्यकताले पार्टी एकतापछि बनाएको नेकपा मकवानपुरको पार्टी कार्यालयको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी(एमाले) को बोर्ड राखेका छन् ।

आजै नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ र सचिब लालबहादुर थापालाई पार्टी कार्यालयमा पदस्थापन समेत गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*