हेटौंडामा बस र ट्रक ठोक्किदा ३ को मृत्यु

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

आज विहान ३ बजेको समयमा काकडभिट्टाबाट काठमान्डौ जादै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत तर्फबाट आउदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्र्वर रिमालले खबरब्रेकलाई बताए ।

मृत्यु हुनेमा बसका चालक वीरगन्ज उपमहानगरपालिका १५ का अन्दाजी बर्ष ३५ का मदन कुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अन्दाजी ३५र४० बर्षका अभयलाल कुसुवा र भारत विहारका ४० बर्षका सुनिल कुमार रहेको डिएसपी रिमालले बताए ।

दुर्घटनामा गम्भिर रहेका बस चालक थापा र सुनिल कुमारको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको रिमालले बताए । त्यस्तै अर्का घाइते कुसुवाको उपचारको लागि हेटौंडा ल्याउने क्रममा बाटो मै मृत्यु भएको डिएसपी रिमालले बताए । दुर्घटनामा ट्रकका ३ जना र बसका गरि १० जना घाइतेको उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको डिएसपी रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*