आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन्।

शनिबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफूलाई हटाए पनि २० महिनापछि फेरि दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्ने दावी गरे।

उनले भने, ‘कसैले हटाउन सक्छ भने हटाओस्। हामी त्यसको सामना गर्छौँ। २० महिनापछि यो पार्टी २० तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट छिर्छ।’

आफूलाई प्रतिपक्षमा बस्न कुनै समस्या नहुने पनि उनले बताए। उनले भने, ‘हामी प्रतिपक्षमा पनि बस्छौँ। हामीलाई कुनै गाह्रो छैन। हामीलाई त्यसको चिन्ता छैन।’

आफू बाहेक जनताका लागि काम गर्ने देशमा कोही नभएको ओलीको दावी छ। उनले भने ,’देशमा जनतालाई हेर्ने हामी बाहेक को छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*