फिटवेल गार्मेन्टद्वारा मकवानपुर–११ लाई सहयोग

चैत्र १, हेटौंडा – रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई फिटवेल गार्मेन्टले ट्राकसुट र टिसर्ट सहयोग गरेको छ ।

हेटौंडामा जारी तेस्रो सस्करणको स्थानीय तह शहिद स्मृती गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टोलीको रुपमा प्रतिनिधित्व गरिरहेको साविक बिजेता मकवानपुर–११ लाई २७ थान ट्राकसुट र आयोजकलाई २७ थान भोलेन्टियर अंकित टिर्सट सहयोग गरेको हो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा फिटवेल गार्मेन्टका संचालक मनोज भारती र गार्मेटका हेटौंडा प्रतिनिधि सुकुन्द आर्चायले संयुक्त रुपमा जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामालाई हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*