पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू

चैत्र १, काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठकले माओवादीबाट नेकपा एमालेका गएका नेताहरूलाई कारबाही गर्ने विषयमा निर्णय गर्ने भएको छ।

पार्टी केन्द्रीय कमिटी सदस्य तथा प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो ‘मौसम’ ले २४ घण्टे स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएका नेताहरूलाई कारबाही गर्ने भएको बताए।

बैठकमा सत्ता समीकरणसँगै अन्य राजनीतिक प्रक्रियाबारे पनि छलफल हुने उनको भनाइ छ। यसअघि अस्तिको दिन बसेको पार्टीको स्थायी कमिटी बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिएर आफ्नो स्थिति सार्वजनिक गर्न एमालेमा गएका नेताहरूलाई निर्देशन दिने निर्णय गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*