प्रदेश सभा १ को बैठक स्थगित
हेटौंडा, चैत १ -प्रदेश सभा १ को चैत २ गतेका लागि बोलाइएको सातौं बैठक स्थगित गरिएको छ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्।
गत फागुन १९ गते एक सूचना प्रकाशित गरी चैत २ गते साढे १२ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।
























