मालपोत कार्यालयमा बम विस्फोटबाट ६ जना घाइते

हेटौंडा, चैत १ – सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतवार दिउँसो पौने एक बजेतिर भएको विस्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । आफू घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरिसकेको उहाँले बताउनुभयो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्रो तहका नेता रामविलास यादवले आइतवार नै जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने अनुमान गरेको तर अनुसन्धानपछि थप कुरा थाहा हुने एसपी राजभण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*