बेहोस अवस्थामा भेटिएका मकवानपुरगढीका घिमिरेको मृत्यु

चैत २, हेटौंडा । हेटौंडाको फरेष्टी गेट नजिक बेहोस भेटिएका एक पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार बिहान ७ बजेको समयमा सडकपेटिमा बेहोस अवस्थामा भेटिएका मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ का अन्दाजी वर्ष ४० का ज्ञानेन्द्र घिमिरे रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

उनी बेहोस फेला परेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछी उपचारको क्रममा हेटौंडा अस्पतालमा ८ बजेर ३ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मृतकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको र विष सेवन गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।

उनको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमको लागि राखिएको र थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*