मञ्जुश्री असाहय संरक्षण केन्द्र बागमती प्रदेश प्रेस संयोजकमा राजेश गरिब चयन

चैत २, हेटौंडा । मञ्जुश्री असाहय संरक्षण केन्द्र , बागमती प्रदेश प्रेस संयोजकमा संचारकर्मी राजेश थापा ‘गरिब’ लाई चयन गरिएको छ् ।

महिला तथा बालबालिका विरुद्ध हुने हिँसा र शोषणको अन्त्य गरौँ भन्ने नारा सहित २०७२ सालबाट स्थापित संरक्षण केन्द्र बागमती प्रदेश प्रेस संयोजकमा गरिब चयन भएका हुन् ।

केन्द्रिय अध्यक्ष मञ्जु खाँडको नेतृत्वमा रहेको संरक्षण केन्द्र चितवनको छैठौँ वार्षिक उत्सवको अवसर पारेर गएको भदौ २६ गते सम्पुर्ण कुमारी सिग्देलको अध्यक्षतामा हेटौँडा शाखाको उद्धघाटन गरिएपछि अनलाईन पत्रिका लाल खबर डट कमका गरिबलाई हेटौँडा शाखाको प्रेस संयोजकमा चयन गरिएको थियो ।

मकवानपुरमा रहि काम गरिरहेका संचारकर्मी गरिबलाई बागमती प्रदेश प्रेस संयोजकमा मनेनित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*