पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न वामदेवले बैठक बोलाए

चैत २, काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् ।

गौतम निकट एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*