‘मकवानपुरको वाईबालाई प्रहरीले समात्न खोज्दा रुखबाटै हामफाल्न खोजेपछि….’
चैत २, हेटौंडा – फागुन २० गते राति काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखाना वस्ने राजकुमार पण्डित क्षेत्री घरमा चेरी भयो ।
राजकुमारले घरमा चोरी भएको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दर्ता गराएपछि प्रहरीले चोरीको घटनामा अनुसन्धान अगाडि बढायो ।अनुसन्धानका क्रममा मकवानपुरको मनहरी गाउँपाकिला वडा नं. ४ हाडीखोला भएका ३६ वर्षीय सुकलाल वाइवाको संलग्नता रहेको पत्ता लाग्यो । खन्ती भनेर चिनिने वाईबा काठमाडौंको बसुन्धारा क्षेत्रमा बस्दै आएका थिए ।
खोजी गर्दा सुकलाल आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै फेला परे । पक्राउ गर्न खोज्दा वाइवा प्रहरी देखेपछि भागे ।गोकर्णको खोचको रुखमा चढे । प्रहरीले रुखबाटै समात्न खोज्दा वाईबाले, ‘पक्राउ गर्ने भए हाम फालेर मर्छु ’–भने वाईवालाई हाम नफाल्न र रुखवाट आउन आग्रह गर्दा नमानेपछि फिल्डमा खटिएका टोलीले घटनाको वारेमा परिसर काठमाडौमा जाहेर गरे ।
त्यसपछि वृत्तका डिएसपी नवीन कार्की, विपद व्यवस्थापनको उद्दार टोली, नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर प्रहरी उपरीक्षक आशिष दत्त समेत घटनास्थल पुगे। यतिन्जेलसम्म रुख चढेर मर्छु भन्दै आत्महत्या गर्न लागेका खन्ती रुखमै थिए। डा. दत्तले सकुसलतापूर्वक करिव १ घण्टाको काउन्सिल पश्चात आत्महत्या गर्न लागेक वाईबा फर्कन माने ।
विपद व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरबाट वाईबालाई रुखवाट सकुशल उद्धार गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।काठमाडौ प्रहरी परिसर, वृत्त वौद्द, नेपाल प्रहरी अस्पतालका मानसिक रोग विज्ञ र विपद व्यवस्थापनको उद्धार टोली समेतको समूहगत प्रयासमा करिव ४ घण्टापछि वाईबालाई आत्महत्या गर्नवाट जोगाउन सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उद्धार पश्चात उनलाई कानूनी कारवाहीको दायरामा समेत ल्याईएको परिसरले जनाएको छ ।
























