हेटौंडामा ट्रक ठक्करबाट मोटरसाइकल चालक मानन्धर घाइते

चैत २, हेटौंडा – हेटौंडामा मिनी ट्रकको ठक्करबाट एक जना घाईते भएको छन् । घाईते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.११ का अन्दाजी ४२ वर्षीय राजेश मानन्धर रहेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नं. १० राप्तिपुल नजिक हेटौंडातर्फ आउँदै गरेको ना ५४ प ३८२६ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउँदै गरेको गइरहेको प्रदेश २–०३–००१ ख २१८३ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मानन्धर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घाइतेको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*