न्यौपाने प्यानलको प्रचार–प्रसार कार्यालय उद्घाटन् गरियो

चैत २, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा राजकुमार न्यौपानेको प्यानलको प्रचार, प्रसार तथा सम्पर्क कार्यालयको आज उद्घाटन् भएको छ ।

हेटौंडा ४ बालकुमारी पार्टी प्यालेसलाई सम्पर्क कार्यालयका रुपमा आजबाट सुरु गरिएको हो । यस कार्यालयको अध्यक्षका उमेदवार न्यौपानेले उद्घाटन् गर्नुभयो । न्यौपानेको नेतृत्वमा ४ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौँलागाई र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् । उक्त चुनावी समूहको अन्य पदहरु भने पछि सार्वजनिक गरिने जनाइएको छ ।

अध्यक्ष पदका उमेदवार न्यौपानेले विरोधको राजनीतिका विरुद्धमा आफ्नो उमेदवारी रहेको वताउनुभयो । भाषण भन्दा पनि काम गरेर देखाउने उहाँले वताउनुभयो । आफु र आफ्नो टिमलाई भोट दिएर जिताउनका लागि उहाँले आग्रह गर्नुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्यसमेत रहेका राजकुमार न्यौपानेले आफ्नो उम्मेदवारी व्यवसायिक हितका लागि बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*