तिब्र गतिको कारण बकैयामा ट्याक्टर दुर्घटना

चैत ३, हेटौंडा । मदनभण्डारी राजमार्गअन्तर्गत मकवानपुरको बकैया गाँउपालिका वडा नम्बर ४ स्थित गोठखोलामा ट्याक्टर दुर्घटना भएको छ ।

हेटौंडाबाट फापरवारी तर्फ गइरहेको ना ६ त ७०४९ नम्बरको ट्याक्टर दुर्घना भएको वडा नम्बर ४ वडाध्यक्ष राजन दंगालले जानकारी दिनुभयो । दुरघटनामा कुनै मानविय क्षति नभएको दंगालले बताए ।

‘हेटौंडाबाट रड र पाइप ओभरलोड हालेको ट्याक्टर ओरालोमा अत्याधिक गतिका कारण नियन्त्रण बाहिर गएर दुर्घटना भएको देखिन्छ’, वडाध्यक्ष दंगालले बतानुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*