शितल निवासमा आज राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

चैत ४, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । आजका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।

अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढकालले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*