नेपाल पक्षले स्थायी कमिटी बैठक पछि पत्रकार सम्मेलन गर्दै

हेटौंडा, चैत ३– नेकपा एमालेको माधव कुमार नेपाल पक्षले स्थायी कमिटी बैठक डाकेको छ। बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपपछिका योजना तय गर्ने बताइएको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षबीच भेटवार्ता भएको थियो। भेटवार्ता भने फलदायी नभएको सहभागी नेताहरुले बताएका थिए।

नेपाल पक्षले गत फागुन २८ गतेको निर्णय सच्याउनुपर्ने माग राखेका थिए। उक्त मागमा ओलीले कुनै जवाफ नदिएको नेपाल पक्षीय नेताले बताए।

पार्टीभित्र संस्थापन पक्ष बलियो भइरहेका बेला नेपाल पक्षले रणनीतिक योजना बनाउन राष्ट्रिय भेलासमेत आह्वान गरेका छन्। सोमबार साँझ पनि बानेश्वरमा आफ्नो पक्षको भेला नेपालले गरेका थिए।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन्। त्यस्तै राष्ट्रिय भेलाबारे जानकारी दिन नेपाल पक्षले पत्रकार सम्मेलन आयोजना गर्दैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*