राष्ट्रपति कार्यलयमा चेम्बर बार्षिक उत्सवको बिशेष समारोह

 

चैत ३, काठमाडौं – नेपाल चेम्बर अफ कर्मसले यस पटकको बार्षिक उत्सवको बिशेष समारोह सरकारी कार्यलय अर्थात् राष्ट्रपति कार्यालय, महाराजगञ्जमा मनाएको छ ।  सोमबार राष्ट्रपति कार्यलयमा चेम्बरले बार्षिक उत्सवको बिशेष समारोह मनाएको हो । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकी हन् ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताइन । “चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ”, राष्ट्रपतिले भनिन्, “नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।”

औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताइन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरिन ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए ।

“तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ”, अर्थमन्त्री पौडेलले भने, “सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ । आउने दिनमा पनि तपाईँहरूसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।”
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए । “सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्”, अध्यक्ष श्रेष्ठले भने, “हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ ।”

राष्ट्रपतिद्वारा स्मृति ग्रन्थ विमोचन
नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गरेकी छिन् । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चेम्बरले ‘नेपाल चेम्बर अफ कमर्स स्मृति ग्रन्थ ९२००७—२०७७०’ प्रकाशित गरेको हो । स्मृति ग्रन्थमा नेपाल चेम्बर अफ कमर्सको विकासक्रम, नेपालको व्यावसायिक इतिहास, पूर्व अध्यक्षहरूको परिचय, चेम्बरका ऐतिहासिक तस्बिर लगायतका सामग्री समेटिएका छन् ।

पूर्वअध्यक्षहरू सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चेम्बर अफ कमर्सले ७० वर्षको अवधिमा अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई सम्मान गरेकी छिन् । दिवंगत अध्यक्षहरूका परिवार तथा सन्ततिहरूले सम्मान ग्रहण गर्नुभएको थियो । संस्थापक अध्यक्षहरू स्व। लोकनाथ जोशी, स्व। जुद्धबहादुर श्रेष्ठ, स्व। बिहारीलाल खेतान, स्व। गोबद्र्धनलाल मास्के, स्व। रतिराम अग्रवाल, स्व। जनकदास श्रेष्ठ, स्व। बालकृष्ण श्रेष्ठ, स्व। इन्द्रभक्त श्रेष्ठ, स्व। राजबहादुर चिपालु, स्व। बनवारीलाल मित्तल, स्व। ईश्वरलाल श्रेष्ठका परिवार तथा सन्ततिले सम्मान ग्रहण गरेका हुन् । यस्तै पूर्व अध्यक्षहरू महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र हालका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*