गरगहना चोरी गरेको आरोपमा बकैयामा दुई जना पक्राउ

चैत ४, हेटौंडा । पूर्वी मकवानपुरको बकैया–३ को हात्तीसुँडेमा सुनको गरगहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बकैया–३ का १९ वर्षीय दिपेश बिक र बकैया–२ का २० वर्षीय गणेश बहादुर स्याङतन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । आईतबार प्रहरी चौकी हात्तीसुँडेबाट खटेको प्रहरी टोलिले बिक र स्याङतानलाई सुनका गरगहना मध्य सुनको माईली तिलहरी सहित पक्राउ गरेको हो ।

गएको माघ २३ गते साँझ हेटौंडा उपमहानगरपालिका वडा नंबर १७ बस्ने संगम बिकले आफुले बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुँडेमा संचालन गर्दै आएको न्यु सुन चाँदी पसलबाट सुनका गरगहना चोरी भएको भन्दै प्रहरी कार्यलयमा निवेदन दिएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*