एक किलो हरियो तरकारीको दाम १ लाख ३८ हजार !

हेटौंडा,चैत ४ –मंहगीले नेपाल मात्र होइन पुरा विश्व आक्रान्त छ । विशेषत तरकारीको मुल्य अत्यधिक महंगो हुने गरेको छ । तथापी हामी त्यसलाई किनेर खादैं आएका छौ ।

तर आज हामी यस्तो तरकारीको बारेमा चर्चा गर्दैछौ, जसलाई किन्न धनीभन्दा धनी व्यक्तिले पनि सोच्नु पर्ने हुन्छ ।  कुनै तरकारीको मुल्य बहुमुल्य धातु चादिँको मुल्य भन्दा बढि पर्ला रु तर विश्वमा एउटा यस्तो तरकारी छ जसको मुल्य चादिँको मुल्य भन्दा महंगो छ । अर्थात यो तरकारीको स्वाद लिन तपाईले १ लाख ३८ हजार खर्च गर्नु पर्ने हुन्छ ।

यस महंगो तरकारीको नाम हो, हप शूट्स । यो हरियो तरकारीको मुल्य प्रतिकिलो १ हजार युरो रहेको छ । जसलाई हतपत कसैले किन्ने आँट गर्दैनन् ।हप शूट्स नामक यस तरकारीको फूल समेत राम्रो मानिन्छ । यसको फूललाई हप कोन्स भनिन्छ । यो फूल बीयर बनाउन प्रयोग गरिन्छ ।

यो तरकारी महंगो हुनुका पछाडी यसमा पाइने औषधीय गुणको भण्डार रहेको छ । यो एन्टीबायोटिक औषधी बनाउन प्रयोग गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*