एमालेको संसदीय दलको बैठक आज बस्दै

५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको छ ।

तर, माधव नेपाल समूहले भने आज पनि राष्ट्रिय भेला जारी राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*