एमाले संसदीय दल बोर्ड गठन, खनाल र नेपाल पनि मनोनीत

चैत ५, काठमाडौँ — नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए ।

प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् । त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए ।

दलको अर्को बैठक चैत ७ गते बस्ने सांसद शेरबहादुर तामाङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*