आज बोलाइएको जसपा कार्यकारिणी समितिको बैठक स्थगित
चैत ५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । (बिहीबार) आजका लागि बोलाइएको बैठक बस्न नसकेर स्थगित भएको हो ।
पछिल्लो समय जसपाभित्र दुईवटा समूह देखिएको छ । सत्ता साझेदारीको विषयमा दुबै समूहबीच मतभेत भइरहेको छ । दुबै समूहमा असमझदारी भएपछि बैठक स्थगित भएको हो ।
जसपाका एउटा समूह केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्न चहान्छ भने अर्को समूह चाहदैन ।
























