नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

चैत ६, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान यस्तो जानकारी गराएका हुन् ।

कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेका थिए । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ ।

उनको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*