मुख्यमन्त्रीद्वारा हेटौंडामा निर्माणाधिन पाउडर दुध उद्योगको निरीक्षण

चैत ६, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पाउडर दुग्ध उद्योगको निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण गर्न लागेको पाउडर दुध उद्योगको मुख्यमन्त्री पौडेलले निरिक्षण गर्नु भएको हो ।

वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । ४५ करोड रुपैया लागतमा ठेक्का मार्फत काम भइरहेको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उक्त उद्योग स्थापनाको लागि भवन निर्माणको काम भइरहेको छ ।

प्रदेशको चितवन र मकवानपुर लगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरेको छ । संस्थानको विराटनगरमा पाउडर उद्योग छ । दूधको खपत बढाउन र उत्पादित दूध खेर जान नदिन पाउडर उद्योगको स्थापना गर्नु सराहनीय काम भएको किसानहरुको भनाइ छ ।

आजको अनुगमनमा भुमी ब्यबस्थ, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया लगायतकाको सहभागिता रहेको थियो । प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ ।

चालू आर्थिक वर्ष २०७७र७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*