प्रगतिशील प्राध्यापक संगठन मकवानपुर क्याम्पस कमिटीको अध्यक्षमा थपलिया
चैत ८, हेटौंडा । नेपाल प्रगतिशील प्राध्यापक संगठन मकवानपुर बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा शेखर थपलियालाई चयन भएका छन् ।
शनिबार क्याम्पस परिसरमा भएको सातौं अधिवेशनले थपलियाको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस कमिटी २ वर्षे कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।कमिटीको उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा राजकुमार गौतम, कोषाध्यक्षमा देवेन्द्र ढकाल र सहसचिवमा सुमन श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यमा उत्तम जोशी, ललित तिमल्सिना, प्रकाश पहाडी, रामबहादुर थापा, बोलबहादुर कार्की र संरक्षिका थापा चयन भएका छन् । अधिवेशनको उद्घाटन समारोह संगठनका अध्यक्ष केशव तिमल्सिनाको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष पौडेलले आफूले क्याम्पसको नेतृत्व गर्दै गर्दा क्याम्पसको हित हुने काम गर्ने बताए। कोभिडको महामारीकाबीच पनि क्याम्पसका प्राध्यापक, कर्मचारीको सेवा सुविधा नियमित गर्न सफल भएको उनको भनाइ थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा शंकर प्रसाद उपाध्याय, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य भोजराज ढकाल, मकवानपुर जिल्ला अध्यक्ष यमबहादुर सिलवाल, प्रजातन्त्रवादी प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका सभापति उमेश अर्याल, नेपाल राष्ट्रिय प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष श्याम छतकुलीको पनि उपस्थिति रहेको थियो ।
























