प्रचण्डले लाजमर्दो राजनीति गरेको कमल थापाको भनाई

चैत ९, हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले​ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाजमर्दो राजनीतिमा लागेको बताएका छन्।

​इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा थापाले यस्तो लेखेका हुन्। दुई पटक प्रधानमन्त्री भइसकेका र केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहालले वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट आरोप लगाएको सुन्दा आश्चर्य लागेको थापाले लेखेका छन्।

​तर, यस्तो गम्भीर आरोप लगाउँदा पनि दाहालले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेर लाजमर्दो राजनीति गरेको थापाले ट्वीटमा उल्लेख गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*