आज प्रतिनिधि सभाको बैठक बस्दै

चैत १०, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*